योग दिवस मनाउन ४० हजार योग शिक्षक परिचालन

Img 9393

काठमाडौं । पतञ्जली योगपीठ नेपालले मुलुकभर योग तथा आयुर्वेदसम्बन्धि विभिन्न चेतनामूलक कार्यक्रम संचालन गर्ने भएको छ । विश्वमा हरेक वर्ष जुन २१ का दिन अन्तराष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर यही असार ७ गते बिहिबार पतञ्जली योगपीठ नेपालले मुलुकभर योग तथा आयुर्वेदसम्बन्धि विभिन्न चेतनामूलक कार्यक्रम संचालन गर्ने जानकारी गराएको हो ।

असार ७ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यक्रमको उद्घाटन गर्ने पतञ्जली योगपीठ नेपालका अध्यक्ष शालीग्राम सिंहले जानकारी दिए ।

उनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न देशभर ४० हजार भन्दा बढि योग शिक्षकहरु परिचालन गर्ने जानकारी पनि दिए । योग शिविर देशभर एकैसाथ आगामी विहिबार विहान ६ बजेदेखि ८ बजेसम्म संचालन हुनेछ ।

नेपालको अमूल्य निधिको रुपमा रहेको योग, प्राणायम, आयुर्वेद र जडिबुटीको विकास गरी मुलुकलाई समृद्ध बनाउने उद्देश्यका साथ योग दिवस भव्य रुपमा मनाउने तयारी गरिएको आयोजकको दावी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...