डा. देवकोटाको शीरमा मरेपछि ढाकाटोपी

Dr devakota sradanjali 1

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाले जीवनको अन्तिम क्षणमा आफ्नो मात्रृभूमीलाई सम्भिए । सास छँदै आफ्नो जन्म घर जाने इच्छा देखाए ।

उनको इच्छा पूरा गर्न परिवारले उनलाई हेलिकोप्टरमा गोरखास्थित पण्डित गाउँ लग्यो । पण्डित गाउँको घरको पीढिमा बस्ने र सिस्नेपानी धाराको पानी पिउने इच्छा पनि पूरा भयो । जुन दिन अर्थात् जेठ २६ गते विहान सामाजिक सञ्जालमा उनको श्रद्धाञ्जली आइरहेको थियो ।

तर, त्यसको एक हप्तापछि डा. देवकोटाका भौतिक शरिरको सास निभ्यो । उनको सास नरहे पनि उनका परिवारले मंगलबार श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो हस्पिटलमा राख्दा नेपाली ढाकाटोपी लगाइदिएको छ । जुले उनको राष्ट्रियताप्रतिको मोह जीवित रहेको देखाउँछ ।

देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।

बाँसबारीमा भीड
डा. देवकोटाको मृत्युले देश नै शोकमा डुबेको छ । बाँसबारीमा यतिबेला नेता, सहकर्मी मात्र होइन, सार्वसाधारण पनि डा. देवकोटालाई श्रद्धान्जली दिन पुगेका छन् । अस्पताल प्रांगणमा देवकोटाको शव राखिएको छ ।

देवटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई पनि अस्पताल पुगेका छन् । अन्य सर्वसाधारणको पनि उत्तिकै भीड छ ।

प्रतिकृया दिनुहोस