डा. देबकोटाप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली, शब दिउँसो १ बजेसम्म न्युरोमा राखिने

Devkaota 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. डा. उपेन्द्र देवकाटोको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् । मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली र वरिष्ठ मन्त्रीहरु डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्न अस्पताल गएका थिए ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले पनि अस्पताल पुगी डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे ।

अस्पताल परिसरमा देवकोटाप्रति श्रद्धाञ्जलि दिन सर्वसाधरण र शुभेच्छुकको भीड लागेको छ । देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीको लागि न्यूरो अस्पतालमा राखिने अस्पतालले जनाएको छ ।

त्यसपछि पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरिने भएको छ । यसैबीच उनको काजक्रिया पत्नी मधु दीक्षित, छोरीहरू मेधा, बसुधा र मञ्जरीले गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको काजकिरिया ७ दिनमा सकिने र हेपाली हाइटमा हुनेसमेत जनाइएको छ ।

बि.स. २०१० साल पुस १० गते गोरखाको आँपपिपलमा जन्मिएका देवकोटा २०२६ सालको एसएलसी बोर्डमा समेत परेका थिए । वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान दिएका थिए।

वीर अस्पतालमा पहिलो पटक न्यूरो सर्जरी विभाग स्थापना गर्ने श्रेय समेत देवकोटालाई जान्छ । उनी स्वास्थ्य मन्त्री हुँदा निकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको स्थापना गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...