बिरामीप्रति डाक्टरको चरम लापरवाही, भाँचिएको दायाँ हात बायाँमा प्लास्टर

Plaster in hand

कालिकोट । जिल्ला अस्पताल कालिकोटमा डाक्टरको चरम लापरबाही देखिएको छ ।

एक बालिकाको दायाँ हात प्लास्टर गर्नुपर्नेमा बायाँ हात प्लास्टर गरिएको छ । साबिक राम्नाकोट ४ हाल पचालझरना गाउँपालिका वडा नम्बर ५ निवासी ४ वर्षीया दैनाकुमारी बमको दायाँ हात भाँचिएकोमा बायाँ हात प्लास्टर गरिएको छ।

डाक्टरले आकस्मिक कक्षमा लगेर चेकजाँच गर्दा दायाँ हात फ्याक्चर भएको पुष्टि भए पनि लापरबाहीले बायाँ हात प्लास्टर गरिएको छ। प्लास्टर जिल्ला अस्पतालका डाक्टर विज्ञान प्रजापतिले गरेका हुन् ।

छोरीको दायाँ हात भाँचियो भनेकोमा डाक्टरले बायाँ हात प्लास्टर गरिदिएका बिरामीको बुवा धीरबहादुर बमले बताए । डाक्टरले लापरबाही गरेको स्थानीय रत्न शाहीले बताए । बिरामीको एक्सरे गरेको र चेकजाँच गरेको आधिकारिक रिपोर्टमा भने दायाँ हातको विवरण छ।

तर डा. प्रजापतिले बावुले नै बायाँ हात भनेकाले प्लास्टर गरेको बताए । चेकजाँच गर्नेभन्दा पनि बिरामीका आफन्तको कुरा सुनेर प्लास्टर गरेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस