आँखा शल्यक्रिया गर्न जहाज चढेर नेपालमा

Eye surgery

काठमाडौं । नर्वेका मुटु सर्जन मोन्स ली आँखामा मोतीविन्दुको शल्यक्रिया गर्न जहाज चढेर नेपाल आए। ७६ वर्षीय ली कैलालीको गेटा अस्पतालमा शल्यक्रिया गरेपछि खुशी हुँदै फर्केको नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा तीर्थप्रसाद मि श्रले गर्व साथ सुनाए। युरोपबाट आएका लीको शल्यक्रिया डा. सुरेशराज पन्तले गरेका थिए।

नेपालका आँखा अस्पतालमा मोतीविन्दुको सफल शल्यक्रिया हुने थाहा पाएपछि भारत लख्खिमपुरको मजिस्ट्रेटका वृद्ध बुबाले जिद्दी गरे। ‘अप्रेसन गर्ने हो भने म नेपालमै गर्छु, नत्र गर्दिनँ।’ त्यसपछि ती मजिस्ट्रेटले पुनाबाट बुबालाई नेपाल ल्याए। शल्यक्रिया गराएर फर्किए।

यी घटना प्रतिनिधिमूलक मात्र हुन्। सामान्य बिमार वा अप्रेसनका लागि पनि विदेश जाने प्रवृत्ति बढिरहेको बेलामा आँखाको शल्यक्रिया गर्न भने नेपाल विदेशीका लागि पनि सस्तो र भरपर्दो गन्तव्य बनेको छ।

मोतीविन्दु होस् वा खस्रे रोग, अहिले नेपालमा आँखाको उपचार एवं शल्यक्रियामा सुलभ देखेर विदेशबाट आउनेको संख्या बढ्दै गएको छ। खस्रे रोगको गत वर्ष ३० हजार जनाको शल्यक्रिया गरिएकोमा २० हजार भारतीय नागरिक भएको संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले जानकारी दिए।

नेपालमा खस्रे रोग जनस्वास्थ्य समस्याका रूपमा नरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। दक्षिण पूर्वी एसियामै खस्रे रोग जनस्वास्थ्य समस्याका रूपमा नभएको पहिलो मुलुकका रूपमा प्रमाणित गरी डब्लुएचओले स्वास्थ्य मन्त्रालयलाई प्रमाणपत्र दिएको छ।

आँखाको उपचारमा काठमाडौंभन्दा पनि जिल्लाका आँखा अस्पतालले बढी विश्वास जितेको पाइएको छ। राजधानीबाट कतिपय व्यक्ति आँखाको शल्यक्रियाका लागि मोफसलका अस्पतालमा जाने गरेका छन्। अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...