एसियाकै अब्बल डाक्टर, जसले सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरे

Dr. devkota

काठमाडौं । एसियाकै चर्चित न्युरोसर्जन, जो एक्लैले आफ्नो करिअरको ३५ वर्षको अवधिमा हजारौंको शल्यक्रिया गरे । लाखौं लाख बिरामीलाई जाँच गरेर औषधी दिए । हजारौंको जीवन बचाए ।

गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका डा. उपेन्द्र देवकोटा अचानक आफ्नो पुख्यौली गाउँ जाने इच्छा देखाए ।

डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरे । जुन इच्छा पूरा गर्न डा. देवकोटालाई हेलिकप्टरमार्फत जन्मस्थल गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल लगिएको छ ।

गोरखास्थित बोहोरा गाउँको घरकै पाठशालाका गुरुहरुको काखमा गोरखापत्रबाट क, ख सिकेका डा.देवकोटा एसियाकै अब्बल डाक्टर हुन् । उनले कुनै बेला लगातार २२ घण्टा सर्जरी गरेका छन् ।

वीर अस्पतालमा सन् १९८९ मा न्युरोसर्जरी विभाग गठन हुँदा उनकै नेतृत्वमा बनेको थियो । बेलायतको ‘रेजिडेन्ट भिसा’ त्यागेर नेपाल फर्किएपछि पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरेका थिए । उनले ब्रेन ट्युमरको शल्यक्रिया गरेका विरामी पाँचौ दिनमा टाँका काटेर झोला बोकेर घर फर्किएका थिए ।

उनकै अगुवाईमा सन् १९९९ मा सार्क क्षेत्रको न्युरो सर्जिकल कन्फ्रेन्स भएको थियो । सो कन्फ्रेन्समा संसारभरबाट ३ सय न्युरोसर्जन नेपाल आएका थिए । सो सम्मेलनमा प्रस्तुत १ सय ३० वटा कार्यपत्रमध्ये १७ वटा त वीर अस्पतालको मात्रै थियो यही सम्मेलनले नेपालमा न्युरोसर्जरी क्षेत्रमा भएको विकासलाई संसारले ‘वाहवाह’ गरेको थियो ।

उनी ज्ञानेन्द्रको शाषनकालमा ६ महिना स्वास्थ्य मन्त्री पनि भए । उपेन्द्रलाई धेरैले राजावादीको आरोप लगाए । त्यसबेला उनले आफु राजावादी भएर भन्दा पनि आफ्नो क्षमता प्रदर्शन गर्न राजाबाट आएको प्रस्ताव स्वीकार गरेको स्पष्टिकरण दिएका थिए ।

उनै डा. देवकोटाको अन्तिम इच्छा आफ्नो गाउँको पिँढीमा बस्ने र गाउँकैे सिस्नेपानी धाराको पानी रह्यो । जसलाई पूरा गर्न गोरखा लगिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...