डा. देवकोटाको इच्छा पूरा गर्न लगियो गोरखा

Devkota lagiyo gorkha

काठमाडौं । हिजो रातिदेखि वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको मृत्यु भयो भनेर सामाजिक सञ्जालहरुमा फैलियो । डा. देवकोटाको मृत्यु भएको छैन भनी पुष्टि गर्न परिवारले विज्ञप्ती नै जारी गरे । 

उनको स्वास्थ्यमा खासै सुधार नभएपछि डा. देवकोटालाई जन्मथलो गोरखा लगिएको छ । उनकै इच्छाअनुसार देवकोटालाई हेलिकप्टरमार्फत जन्मस्थल गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल लगिएको हो ।

डा देवकोटाको इच्छाअनुसार उनलाई हेलिकोप्टरबाट गोरखा लगिएको र उनलाई गोरखाका केही स्थान घुमाएर फेरी फर्काइने डा. देवकोटाका भतिज वसन्त देवकोटाले बताए ।

डा. देवकोटाको स्वास्थ्यमा खासै सुधार देखिएको छैन । ५ दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर) मा राखिएका डा. देवकोटालाई गएराति स्वास्थ्य केही सुधार देखिएपछि भेन्टिलेटरबाट निकालिएको थियो । डा. देवकोटा वैशाखको दोस्रो साता मात्रै नेपाल फर्किएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...