राजधानीमा फैलियो बर्डफ्लु, सर्तकता आवश्यक

Bard flu 1

काठमाडौं । काठमाडौं उपत्यकामा केही समयदेखि बर्डफ्लु फैलिएपछि मासु उपभोगकर्ता त्रसित बनेका छन् ।

ललितपुरको विशंखुनारायण र बडिखेलमा बर्डफ्लुको संक्रमण भेटिएपछि राजधानी उपत्यकामा उच्च सतर्कता पनि अपनाउन थालिएको छ ।

केन्द्रीय पशु सेवा अनुसन्धान केन्द्रले गत बुधबार गरेको परीक्षणमा विशंखुनारायण र बडिखेलका रहेका कुखुरामा ‘एच–५ एन–१’ भाइरस पुष्टी भएको थियो । काठमाडौं बलम्बुमा पनि गत साता बर्डफ्लुको संक्रमण भेटिएको थियो ।

बर्डफ्लु नफैलियोस् भने जिल्ला पशु सेवा कार्यालय विशंखुनारायण र बडिखेलमा झण्डै ४३ सय ६४ कुखुरा, लोकल कुखुरा एक सय ६०, अण्डा ११ र दाना १९ सय ७२ किलो नष्ट गरेको छ ।

चराचुरुंगीमा देखिने रुघाखोकीजस्तै ‘एच–५ एन–१’ को संक्रमण नै बर्डफ्लु हो । यो इन्फ्लुएन्जा जातिको भाइरस हो । यो रोग कम र उच्च संक्रामक गरी दुई प्रकारको हुन्छ । अहिले देखिएको बर्डफ्लु उच्च संक्रामक प्रकृतिको हो ।

सतर्क रहन आग्रह
राजधानीमा बर्डफ्लुका संक्रमण फैलिएपछि सतर्क रहन आग्रह गरिएको छ । हालसम्म मासु वा अण्डा खान्दा बर्डफ्लु लागेर मानिसको मृत्यु भएको प्रमाणित नभए पनि यसबाट घातक रोग लाग्न सक्ने भएकाले सतर्क रहन पशुसेवा विभागले आग्रह गरेको हो ।

अण्डाको सेतो र पहेंलो भागमा भाइरस हुन सक्छ । तसर्थ, अण्डालाई पूर्ण रूपमा राम्ररी पकाएर मात्र खाने । हाँस, कुखुरा वा अन्य पक्षीको मासु पनि राम्ररी पकाएर मात्र खाए यो रोग नलाग्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस