विदेशी औषधि परीक्षण गर्ने प्रयोगशाला नेपालीको ज्यान

Medicine

काठमाडौ‌ । नेपालीको ज्यानलाई विदेशमा उत्पादित नयाँ औषधि र भ्याक्सिनको प्रयोग गर्ने प्रयोगशाला बनाइएको छ ।

बर्सेनि हजारभन्दा बढी संघसंस्थाले नेपालीमाथि अनुसन्धान गर्दै आएकोमा केही औषधि, इन्जेक्सन, भ्याक्सिन र मेडिकल डिभाइस परीक्षण पनि हुने गरेको हो ।

 

हाल ललितपुरका २० हजार बालबालिकामाथि टाइफाइडविरुद्धको ‘टाइभ्याक भ्याक्सिन’ परीक्षण भइरहेको पाइएको छ । मुख्यतः पाटन अस्पतालमा आउने नौ महिनादेखि १६ वर्षसम्म उमेरका बालबालिकालाई यो भ्याक्सिन लगाउने गरिएको छ ।

अमेरिका र बेलायतमा बनेको यो औषधिको प्रभाव कस्तो हुन्छ भनेर परीक्षण गर्न नेपालका बालबालिका छानिएको हो । अमेरिकाको युनिर्भसिटी अफ मेरिल्यान्ड एन्ड स्कुल अफ मेडिसिनको सेन्टर फर भ्याक्सिन डेभलपमेन्ट र बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डअन्तर्गतको अक्सफोर्ड भ्याक्सिन गु्रपको सहकार्यमा यो भ्याक्सिन नेपाल ल्याइएको हो । अफ्रिकी मुलुक मराबीमा पनि यो भ्याक्सिनको परीक्षण भइरहेको छ ।

काठमाडौं र ललितपुरका सुधारगृहमा रहेका तीन सय लागुऔषध प्रयोगकर्तामा ‘हेपाटाइटिस सी’विरुद्धको भ्याक्सिन परीक्षण भइरहेको छ । अमेरिकी फर्मास्युटिकल्स कम्पनी सेरिङ प्लो कर्पोरेसनले उत्पादन गरेको ‘डाइरेक्ट एक्टिङ एन्टिभाइरल भ्याक्सिन’ परीक्षणका लागि नेपाल ल्याइएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार सन् २०१७ मा मात्र परिषद्बाट ५०० भन्दा बढी संस्थाले नेपाली जनतामा अनुसन्धान गर्न अनुमति लिएका छन्। सन् २०१८ को अप्रिलसम्म चार महिनामा मात्रै परिषद्बाट एक सय ७६ संस्थाले अनुसन्धानका लागि अनुमति लिइसकेका छन्।

यसबाहेक मेडिकल कलेजलगायत ३० संस्थाले पनि स्वास्थ्य अनुसन्धानको अनुमति दिने गर्छन् । ती संस्थाले परिषद्ले जत्तिकै संख्यामा अनुमति दिने गरेको परिषद्का अध्यक्ष डा.अञ्जनीकुमार झाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...