उपेन्द्र यादवले पालेका सयौं चल्ला मरे, वर्डफ्लु फैलिएको आशंका

Chicken

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–६ का किसान उपेन्द्र यादवले पालेको चार सय चल्ला मरेका छन्।

एउटै खोरका चार सय चल्ला एकैचोटी मरेकाले स्थानीयबासी र पशु प्राविधिकले बर्डफ्लुको आशंका गरेका छन् । चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट चल्ला ल्याएकाले चल्लामा बर्डफ्लुु हुन सक्ने स्थानीय पशु प्राविधिकले बताएका छन् ।

यादवले सोमबार राति खोरमा हालेका चल्ला मंगलबार सबै मरेका हुन्। उनले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका व्यापारी वासु श्रेष्ठसँग खरीद गरेका थिए ।

यादवले प्रतिगोटा ४५ रुपैयाँका दरले १८ हजार रुैपैयाँको चल्ला हालेका थिए । चल्ला एक्कासि मरेपछि यादव चिन्तित भएका छन् । यादवले बिक्रेतासँग क्षतिपूर्तिको मागसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...