खोपको तथ्यांक विष्लेषणसम्बन्धी गोष्ठी सम्पन्न

Budhanilkanth news

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा खोपको तथ्यांक विष्लेषणसम्बन्धी नगरपालिका स्तरीय दुई दिने गोष्ठी सोमबार सम्पन्न भएको छ ।

खोप सेवाको गुणस्तरीयता, पहुँच र समस्या लगायतका बिषयमा तथ्याङ्क बिश्लेषण गरी सुक्ष्म योजना तयार गर्ने उदेश्यले जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले सो गोष्ठीको आयोजना गरेको थियो ।

सो गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका उप प्रशासक डा. नरेन्द्र झा, बुडानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, नगरपालिकाकी जनस्वास्थ्य संयोजक भवानी दाहाल लगायतले काठमाडौंमा खोपको प्रयोगमा कमी आउनुका कारण अझैं सुक्ष्म अध्ययन जरुरी रहेको बताएका थिए ।

दुई दिनसम्म चलेको सो गोष्ठीमा बुढानिलकण्ठ नगरपालिकाका ६ वटा स्वास्थ्य संस्थाका प्रमुख, शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रका जनस्वास्थ्य अधिकृत र नगरपालिकाका जनस्वास्थ्य शाखाका कर्मचारीको सहभागीता थियो ।

सहभागीहरुलाई आफ्ना स्वास्थ्य संस्थामार्फत ३ वर्षको अवधीमा गरिएका कामको तथ्यांक देखाएर अहिलेको अवस्थाबारे छलफल गराइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...