टेष्ट्युव बेबी सेवालाई मान्यता दिन डा. रिजालको माग

Baya n

काठमाडौं । बरिष्ठ चिकित्सक डा. भोला रिजालले टेष्टट्युव बेबी सेवालाई कानुनी मान्यता दिन माग गरेका छन् ।

शनिबार राजधानीमा फर्टिलिटी सोसाईटी अफ नेपाल (फेसन) को स्थापनाको जानकारी दिन आयोजित कार्यक्रममा डाक्टर रिजालले नेपालमा झण्डै २० प्रतिशत दम्पत्ति निःसन्तान रहेको र उनीहरुलाई सन्तान दिलाउन सरकारले कानुनी बाटो खोल्नुपर्ने बताएका हुन् ।

लामो समयदेखि निः सन्तान दम्पतीलाई टेष्ट्युब बेबीको सेवा दिदै आएका स्त्रीरोग बिशेषज्ञ डाक्टर रिजालले निःसन्तान दम्पतिका लागि टेष्ट्युव बेबीको सेवालाई कानुनी मान्यता दिनुपर्ने बताएका हुन् ।

नियम कानुनको अभावमा सेवा दिन समस्या हुने भएकाले निःसन्तान दम्पतीको सहजताका लागि कानुनी बाटो खोल्न आवश्यक देखिएको डा.रिजालले बताए ।
निःसन्तान भएकाहरुलाई सेवा दिदै आएका आई भि एफ विशेषज्ञ डाक्टरहरुले पहिलो पटक फर्टिलिटी सोसाईटी अफ नेपाल (फेसन) को स्थापना गरेका छन् ।

कृत्रिम रुपमा भ्रुण विकास गरेर निःसन्तान आमाको पाठेघरमा राखिने प्रविधि आइभिएफका विशेषज्ञ डाक्टरहरुको संगठन फर्टिलिटि सोसाइटी अफ नेपाल गठन गरिएको हो । डाक्टर रिजाल अध्यक्ष रहेको फेसनले शनिबार औपचारीकता पनि पाएको छ ।

विज्ञका अनुसार जम्मा निःसन्तान दम्पती मध्ये ८५ प्रतिशतलाई उपचार गरेर निको पार्न सकिन्छ तर, १५ प्रतिशतलाई औषधिको प्रयोगले मात्रै नभएपछि कृत्रिम गर्भाधारण गराउनुपर्ने हुन्छ । विश्वमा सन् १९७७ बाट सुरु भएको टेस्ट्युव बेबी सेवा नेपालमा १६ वर्ष पुगेपनि हाल सम्म कुनै नियम कानुन बनेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...