झुक्याएर मृगौला चोरी

Kidney

काठमाडौ‌ । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा पत्थरी शल्यक्रिया गर्ने भन्दै एक ब्यक्तिको झुक्याएर मिर्गौला निकालिएको पाइएको छ ।

बनेपा नगरपालिका २ का ३० वर्षीय कुमार गिरीको मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएर उनको मिर्गौला झिकेका हुन् । नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो ।

अस्पतालमा बुझाउनुपर्ने कागजपत्रमा छोरा देखाउने तर छोरा नभई अर्कैको व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गरेको आरोपमा बस्नेत पक्राउ परेका हुन् ।

काभ्रेको टुकुचा गाविस ९ घर भई हाल बनेपा नगरपालिका २ वस्ने वर्ष २९ को कुमार गिरीको बायाँं किड्नी वैशाख १० गते निकाली प्रत्यारोपण गराएको दाजु प्रल्हादले गरेको उजुरीको आधारमा वस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...