भाइरस निपाको उच्च जोखिममा नेपाल, नियन्त्रणको छैन तयारी

Chamero

काठमाडौं । चमेरोबाट मानिसमा सर्ने खतरनाक रोग निपा भाइसरको नेपाल पनि उच्च जोखिममा रहेको बिज्ञहरुले चेतावनी दिएका छन्।

छिमेकी मुलुक भारतको केरलामा फैलिएर उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको निपा भाइरस संक्रमणको नेपाल पनि उच्च जोखिममा छ । तर यहाँ यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न कुनै पूर्वतयारी छैन ।

निपा भाइरस सार्नसक्ने ‘टेरोपस’ प्रजातिको चमेरो नेपालमा पनि भएको औंल्याउँदै विश्व स्वास्थ्य संगठनले भारत, बंगलादेशसहित नेपाललाई पनि यो रोगको जोखिम भएका देशको सूचीमा राखेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावलले निपाको संक्रमण भित्रिएमा नियन्त्रण र उपचार निकै कठिन हुने बताइन्।

चमेरोबाट मान्छेमा सरेपछि मान्छेबाट मान्छेमा सर्ने भएकोले यो रोग अत्यन्तै जोखिमयुक्त मानिन्छ। त्यसमा पनि भाइरस संक्रमण भएको २४ देखि ४८ घण्टाभित्रै बिरामीको अवस्था जटिल बन्छ। त्यसैले उच्चतहको परीक्षण क्षमता नहुने हो भने रोगले धेरैको ज्यान लिन सक्छ।

महामारी नियन्त्रणका लागि काम गर्ने सरकारी निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। केदार सिन्चुरीले यस्ता डरलाग्दा रोगसँग जुध्न सरकारी अस्पतालमै आइसोलेसन वार्ड, भेन्टिलेटर, आइसियु र छुट्टै तथा सुविधासम्पन्न एम्बुलेन्स नभएको स्वीकार गरे।

शुक्रराज अस्पतालमा कडा खालका सिजन फ्लुका बिरामीलाई आइसोलेसनका रुपमा क्याबिनमा राखेर उपचार गर्ने व्यवस्था भएको जानकारी दिँदै उनले निपाको संक्रमण भएमा त्यतिले मात्रै नपुग्ने बताए ।

चिकित्सकका अनुसार यो रोग लागेका बिरामी आइहालेमा सबैभन्दा महत्वपूर्ण भनेको हेपाफिल्टरसहितको आइसोलेसन वार्ड चाहिन्छ। हेपाफिल्टरले बिरामीको शरीरबाट निस्किने संक्रामक तत्वलाई निष्क्रिय बनाउँछ।

यस्तै जोखिमयुक्त भनी पहिचान भएका बिरामी बोक्न समेत विशेष खालको सुविधासम्पन्न एम्बुलेन्स चाहिन्छ । नेपालमा यस्तो एम्बुलेन्ससमेत नभएको चिकित्सक बताउँछन्। महाशाखाले विश्व स्वास्थ्य संगठनको परामर्शमा निपा भाइरसको सम्भावित संक्रमणसँग जुध्न तयारी थाल्ने जनाएको छ ।

चमेरोबाट मान्छेमा सरेपछि मान्छेबाट मान्छेमा सर्ने भएकोले यो रोग अत्यन्तै जोखिमयुक्त मानिन्छ। त्यसमा पनि भाइरस संक्रमण भएको २४ देखि ४८ घण्टाभित्रै बिरामीको अवस्था जटिल बन्छ। त्यसैले उच्चतहको परीक्षण क्षमता नहुने हो भने रोगले धेरैको ज्यान लिन सक्छ।

यो रोगको संक्रमण भएपछि ७० प्रतिशत बिरामीको मृत्यु ४८ घण्टाभित्रै हुने र बिरामी बाँचे पनि आजीवन अपांग हुने सम्भावना हुन्छ। रोग यकिन नहुँदै परिवारका सदस्य वा उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत भाइरस सरिसक्ने जोखिम हुन्छ।

यो रोगको भाइरस चमेरोको दिसा, पिसाब र (यालबाट सर्छ। बिरामीको शरीरबाट निस्किने कुनै पनि तरल पदार्थ र हाच्छिउँ गर्दा समेत स्वस्थ मानिसमा भाइरस सर्न सक्छ। चिकित्सकका अनुसार सुरुमा ज्वरो आउने, टाउको दुख्ने यो रोगको लक्षण हो। निपा संक्रमण भएको ४ देखि १८ दिनसम्ममा पनि रोगको लक्षण देखिन सक्छ।

लक्षण देखिएपछि यसले तत्काल स्नायु प्रणालीमा असर गरेर बिरामीलाई बेहोस गराउँछ। यो रोगको भ्याक्सिनसमेत विकास हुन सकेको छैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...