ग्रामीण क्षेत्रका १ सय १९ गाउँपालिका अहिलेसम्म पनि ऊर्जाविहीन

Urja

काठमाडौँ । देशभरका ४ सय ६० गाउँपालिकामध्ये १ सय १९ गाउँपालिका अहिलेसम्म पनि ऊर्जाविहीन रहेकाले ग्रामीण क्षेत्रमा ऊर्जाको विकास जरुरी रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए।

ग्रामीण क्षेत्रको विकासका लागि त्यहाँ रहेको ऊर्जालाई सदुपयोग गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन । ग्रामीण प्रविधि उत्पादक संघ र गाउँपालिका राष्ट्रिय महासंघद्वारा संयुक्त रुपमा अज यहाँ आयोजिते छलफल कार्यक्रममा उनीहरुले गाउँपालिकामा आगामी वर्षका लागि बन्ने नीति, कार्यक्रम र बजेटमा नवीकरणीय ऊर्जालाई समेट्नुपर्ने आवश्यकता  बताएका छन् ।
ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि केन्द्रले आर्थिक तथा भौतिक सहयोग गर्न तयार छ  उनले भने ।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले ग्रामीण क्षेत्रको उन्नत्तिका लागि ऊर्जा प्रविधि महत्वपूर्ण भएको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गर्नु आवश्यक छ भनेका छन्।

पूर्वमन्त्री गणेश शाहले ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि सोही गाउँपालिकामा रहेका ऊर्जाको दिगो सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल लघु जलविद्युत् विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले ग्रामीण क्षेत्रमा रहेको साना जलविद्युत् संस्थाको अध्ययन गरेर आगामी बजेट बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

जेठभित्र पहिलो चरणमा प्रदेश नं ३ का ७४ गाउँपालिकाका अध्यक्षसँग आगामी योजनामा ऊर्जालाई कसरी समेट्न सकिन्छ भन्ने बारेमा छलफल गरिने र त्यसपछि मुलुकका सातै प्रदेशका गाउँपालिकाका अध्यक्षसँग छलफल गरिने ग्रामीण प्रविधि उत्पादक संघका अध्यक्ष हस्त पण्डितले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...