दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि नेविसंघमा विवाद

Nebisangh

लहान । नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ ।

संस्थापन पक्षका मानिने नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरीलाई र नेता कृष्ण सिटौला पक्षधर मानिने माधव ढकालले मोनिने मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनित गरेको पत्र पठाएपछि विवाद बढेको नेवि संघका एक स्थानीय नेताले बताए ।

चौधरी र मुस्ताकलाई मनोनित गरेको पत्र पठाउने दुबै नेताले आफूलाई सिरहा जिल्लाको आधिकारिक केन्द्रीय प्रतिनिधिको रुपमा दाबी गरेका छन् । नेवि संघको विधानमा जिल्ला अध्यक्ष जिल्ला अधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेपनि लामो समयदेखि नेवि संघ सिरहाको अधिवेशन हुनसकेको छैन् ।

यता नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जिल्ला अध्यक्ष मनोनयनको विषयमा आफूलाई नेविसंघको कुनै केन्द्रीय पदाधिकारीले समन्वय नगरेको बताए

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

ब्रेकिङ : लाग्यो कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू

Kapitbartu karfyu

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि आज साँझ ५ बजेदेखि कर्फ्यू ...