नेपालको भौगोलिक अखण्डताप्रति सम्मान छ : भाजपा

Vijay chautaiwale


काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले नेपालको भौगोलिक अखण्डताप्रति आफ्नो पार्टीको सम्मान रहेको स्पष्ट पारेको छ । भाजपाका सांसद किर्ति आजादले जनकपुर भारतमा मिलाउनुपर्ने भनि दिएको अभिव्यक्तिको भाजपाले निन्दा समेत गरेको छ ।

जनकपुर भारतको हो यसलाई फिर्ता लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गरेका सांसद् कीर्ति आजादको अभिव्यक्तिको भारतीय जनता पार्टीका महासचिव एवं विदेश विभाग इन्चार्ज विजय चौथाइवालेले निन्दा गरेका हुन् ।

आजाद लामो समयदेखि पार्टीबाट निलम्बित रहेको भन्दै चौथाइवालेले भारतले नेपालको भौगोलिक अखण्डताप्रति सम्मान गर्ने पनि स्पस्ट पारेका छन् । उनले  ट्विट गर्दै भारत नेपालको भौगोलिक अखण्डताको पक्षमा उभिएको र आजादको अभिव्यक्ति दुराग्रहयुक्त रहेको उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला आजादले जनकपुर भारतको भएकाले फिर्ता लिन माग गर्दै ट्वीट गरेका थिए । आजादको ट्वीटप्रति नेपालमा सर्बत्र निन्दा तथा विरोध भएपछि भारतीय जनता पार्टीले स्पष्टिकरण दिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...