पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार

Pakistani home minister

काठमाडौं । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ । पाकिस्तान प्रहरीका अनुसार काँधमा गोली लागेका उनी सख्त घाइते भएका छन् ।

आइतबार पाकिस्तानको नरोवालको कन्जरुरमा एक र्यालीलाई सम्बोधित गर्ने क्रममा उनीमाथि गोली चलाइएको पाकिस्तानका सरकारी अधिकारीले जानकारी दिएका हुन् ।

पाकिस्तानी न्यूज च्यानल ‘जियो’ का अनुसार घटनापश्चात् इकबाललाई तुरुन्त अस्पताल पुर्याइएको र उनी खतरामुक्त रहेको बताइएको छ ।

गोली चलाउने संदिग्धलाई पक्राउ गरिएको छ । पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले संदिग्ध हमलाकर्ताको उमेर २० देखि २२ वर्षको बीचमा छ ।

पंजाब सरकारले ट्वीट गरेर एक सुटरलाई पक्राउ गरेको जानकारी दिएको छ । यसका साथै अहसान इकबालको डीएचक्यू अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...