रुसी राष्ट्रपति पुटिन विरुद्ध प्रदर्शन, विपक्षी नेता पक्राउ

Alexy

काठमाडौं । रुसमा विपक्षी नेता एलेक्सी नावाल्नीलाई मस्कोमा पक्राउ गरिएको छ । उनलाई पुटिन चौथो पटक राष्ट्रपति बनेकोमा विरोध प्रदर्शनलाई सम्बोधित गर्ने कोसिस गरिरहेका बेला पक्राउ गरिएको हो ।

राष्ट्रपति भ्लादिमीर पुटिन आफ्नो चौथो कार्यकाल सोमबारदेखि सुरुवात गर्दैछन् ।

बीबीसीका अनुसार प्रदर्शनकारी पुटिन विरोधी नारा लगाइरहेका थिए । रुसमा एक हजारभन्दा बढीलाई हिरासतमा लिएको एक मानवअधिकार समूहले बताएको छ ।

समूहका अनुसार यीमध्ये करिब पाँचसय जनालाई मस्कोमा पक्राउ गरिएको हो ।

प्रदर्शनकारी मस्को र रुसको दोस्रो सबैभन्दा ठूलो शहर सेन्ट पिटर्सबर्गमा र्याली निकाल्न चाहन्थे । तर अधिकारीले उनलाई यसका लागि अनुमती दिएनन् ।

यता पुटिन समर्थक नेशनल लिबरेशन मुभमेन्टले मस्कोको त्यही स्थानमा र्याली निकालेको छ जहाँ पुटिनको विरोधी र्याली निकाल्न चाहन्थे ।

को हुन् एलेक्सी नावाल्नी ?

रुसमा पुटिन विरोधी र्याली वा प्रदर्शनको कुनै पनि खबर आउँदा सबैभन्दा पहिले एलेक्सी नावाल्नीको नाम आउँछ ।

उनी कुनै निर्वाचित नेता होइनन् । भ्रष्टाचार विरुद्ध लामो समयदेखि आवाज उठाइरहेका छन् ।

नावाल्नी सन् २०११ को संसदीय चुनावपछि नै पुटिन र उनका सहयोगीविरुद्ध प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।

यसवर्ष पुटिनविरुद्ध चुनाव लड्नबाट नावाल्नीलाई रोक लगाइएको थियो किनभने उनलाई भ्रष्टाचारको एक मामलामा दोषी पाइएको थियो । यद्यपी, नावाल्नी यसलाई अस्विकार गर्छन् र यसलाई राजनीतिसँग प्रेरित आरोप बताउँछन् । बीबीसी

प्रतिकृया दिनुहोस