किशोरीलाई बलात्कार गरी जिउँदै जलाइयो

Rape after fire 000047097

काठमाडौं । भारतमा एक किशोरीलाई चार जनाको समूहले बलात्कारगरी ज्युँदै जलाएको छ ।
भारतको झारखण्डकी ति १६ वर्षीया किशोरीका बुबाआमा आफन्तको विवाहमा गएका बेला ४ जनाले अपहरण गरेका थिए । अपहरणपछि राजा केन्डुवा गाउँ नजिकैको जंगलमा लगेर किशोरीमाथि बलात्कार गरेका थिए ।

घटनाबारे थाहा पाएलगत्तै उनका बाबुआमा दोषीमाथि कारवाहीको माग गर्दै गाउँका अगुवासमक्ष पुगेका थिए । प्रहरीका अनुसार बलत्कारपछि गाउँका अगुवाले दोषीलाई १ सय पटक उठबस गर्न र ५० हजार रुपैया जरिवाना तिर्न आदेश दिएका थिए । तर त्यसबाट कुद्ध बलत्कारीले किशोरीका आमाबाबुमाथि निर्घात कुटपिट गर्नुका साथै उनलाई आगो लगाएका हुन् ।

ती किशोरीमाथि बलात्कार भएपछि अभिभावकले गाउँका अगुवालाई गुनासो गरेको भन्दै उनलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ४ जनाको खोजी भइरहेको छ । प्रहरीले कैयौं गाउँलेमाथि गैरकानुनी कार्य गरेको तथा घटनालाई तोडमोड गर्न प्रयास गरेको आरोपमा मुद्दा दायर गरिने जनाएको छ ।

भारतमा सन् २०१६ को एक प्रतिवेदन अनुसार वर्षमा करिब ४० हजार बलत्कारका घटना हुने गर्छन् । यद्यपी, उक्त प्रतिवेदनमा सामाजिक अपहेलनाको त्रासका कारण अधिकांश घटनाहरु सार्वजनिक नहुने उल्लेख छ । एजेन्सी

प्रतिकृया दिनुहोस