२४ घन्टे प्रसूति शल्यक्रिया तयारी पूरा

Preg

विराटनगर । मोरङ रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने भएको छ ।

स्वाथ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले सेवा सञ्चालनका लागि उपकरण र चिकित्सकको व्यवस्था मिलाएपछि सो सेवा सञ्चालन हुन लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा उत्तम देवले बताए ।

सेवा सञ्चालनका लागि २५ लाख मूल्यबराबरका विभिन्न स्वास्थ्य उपकरण खरिद गरिसकिएको जानकारी दिँदै उनले जेठको पहिलो हप्ताबाट सेवा सञ्चालनको तयारी भइरहेको छ, यसका लागि थप ५ वटा शय्याको व्यवस्थासमेत गरिएको छ भने ।

कर्मचारी व्यवस्थापनका लागि २५ लाख खर्च हुने बताइएको छ । अस्पतालमा शल्यक्रिया बेड र आइसियु जडान भइसकेको तथा प्रसूति रोग विशेषज्ञको व्यवस्थासमेत भइसकेको अस्पतालका सूचना अधिकृत गोविन्द कटुवालले बताए ।

साधारण प्रसूति सेवामात्र गर्दै आएको सो अस्पतालले साउन महिनादेखि अहिलेसम्म १ सय ४० महिलालाई प्रसूति सेवा उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...