पाँच महिनापछि फर्किए डा. देवकोटा, स्वास्थ्य अवस्था ‘स्थिर’

Dr. devkota..

काठमाडौँ । वरिष्ठ चिकित्सक प्रा.डा. उपेन्द्र देवकोटा बेलायतमा पाँच महिना लामो उपचार पछि स्वदेश फर्किएका छन् । बाँकी उपचार नेपालमै गर्ने ईच्छा जाहेर गरेका देवकोटाको अहिले बाँसबारी स्थित न्युरो अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

चर्चित स्नायु शल्य चिकित्सक डा. देवकोटाको उपचारबारे अस्पतालले कुनै जानकारी सार्वजनिक गरेको छैन । उनको सघन रुपमा उपचार चलिरहेको अस्पतालले जनाएको छ । गत शनिबार नेपाल फर्केका उनको स्वास्थ्य स्थिति ‘स्थिर’ रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

उनलाई बेलायतस्थित किंग्स कलेज अस्पतालमा पाँच महिना उपचार गरिएको थियो । अहिले डा. देवकोटासँग भेटघाट गर्न दिइएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...