प्रधानमन्त्रीलाई डाक्टरको सुझाव : धेरै भिडभाडमा नजानु, हात पनि नमिलाउनु

Pm kp oli smiling

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई डाक्टरहरुले धपेडीबाट जोगिन सुझाब दिएका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन पनि उनीहरूको सल्लाह छ ।

दैनिक हुने भेटघाट र कार्यक्रमको भिडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको निजी चिकित्सक डा. दिलीप शर्माले बताए ।

अचेल प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या भने नरहेको डा. शर्माले बताए । तर, यो समय सरुवा रोग फैलिने भएकाले जतिवेला पनि सचेत हुनुपर्ने उनको भनाइ छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कन्सल्ट्यान्ट युरोलोजिस्ट प्रा.डा. प्रेमराज ज्ञवालीले भिडभाडमा हुने भेटघाट तथा धेरै व्यक्तिसँग लगातारको उठबसले प्रधानमन्त्री संक्रमणको जोखिममा रहेको बताए ।

उनले गुम्म कोठामा र एसी प्रयोग गरेर लामो समयसम्म नबस्न पनि ओलीलाई सुझाब दिएका छन् । भेट्न आउने व्यक्तिमा रुघाखोकी लागेको भए मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा सहजै सर्ने उनले बताए ।

प्रधानमन्त्री ओली बिहान सबेरैदेखि राति १ बजेसम्म पनि काम र भेटघाटमा व्यस्त हुने गरेको स्रोतले बतायो । तर, आफूहरूले ८ घन्टा अनिवार्य सुत्न प्रधानमन्त्रीलाई सुझाब दिएको चिकित्सकले बताए ।

चिकित्सकले अहिले भइरहेको मौसम परिवर्तनले पनि ओलीलाई जुनसुकै समयमा संक्रमण हुन सक्ने बताए । अहिले कामभन्दा बढी आराममा ध्यान दिनुपर्ने, दिनमा कम्तीमा दुई लिटर शुद्ध पानी पिउनुपर्ने, शरीरले पचाउन सक्ने मात्रै खाना खानुपर्ने र धेरै समय खालीपेट बस्न नहुने चिकित्सकहरू बताउँछन् ।

हरेक २ घन्टामा पिसाब फेर्नुपर्ने, ४ घन्टामा खाजा खानुपर्ने, ६ घन्टामा आराम गर्नुपर्ने र ८ घन्टामा खाना खानुपर्ने नियम अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाब दिइएको छ ।

चिकित्सकका अनुसार नेपालीले सम्मानस्वरूप नमस्कार गर्ने तरिका नै वैज्ञानिक छ । हातबाट चाँडै संक्रमण फैलन्छ । त्यसैले चिकित्सकहरूले प्रधानमन्त्रीलाई नमस्कारबाटै काम चलाउन सुझाब दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

राष्ट्रिय दलित पत्रकार संघको पाँचौं स्थापना दिवस सम्पन्न, काठमाडौंमा ३ पत्रकार सम्मानित

Dalit patrakar news

काठमाडौं । दलित समुदायका सञ्चारकर्मीहरुको साझा संस्था राष्ट्रिय दलित पत्रकार संघ नेपालले पाँचौं स...