बिपीका उपकुलपति लिन्छन् प्रति विद्यार्थी १० लाख !

'१२ करोड रुपैयाँ तिरेर उपकुलपति'

Bp koirala

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले प्रतिष्ठानका विभिन्न पदमा कर्मचारी, डाक्टर, नर्स तथा अध्ययन गर्न आउने विद्यार्थी भर्ना गर्दा तोकेरै रकम लिने गरेको पाइएको छ ।

रौनियारले प्रत्येक विद्यार्थीबाट १० लाख रुपैया लिने गरेको स्रोतले जनाएको छ । आफु १२ करोड रुपैयाँ तिरेर उपकुलपति बनेकाले सो रकम उठाउन भन्दै रौनियारले यसरी रकम लिने गरेको स्रोतले जनाएको छ ।

हाल अख्तियारको छानविनमा रहेका डा. रौनियारले प्रतिष्ठानमा उपकरण खरिद गर्ने क्रममा समेत ठुलो मात्रामा भ्रष्टाचार गरेको बताईन्छ ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले नियुक्ति गरेका रौनियारले अस्पतालको भवन निर्माण, कर्मचारी भर्ना र विभिन्न उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोप लागेपछि अख्तियारले छानबिन गरिरहेको छ ।

अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले एक दर्जनभन्दा बढी उजुरीका आधारमा रौनियारमाथि छानबिन अगाडि बढाएको बताए । बयान लिने काम भइरहेकाले केही दिनमै भष्ट्राचार गरे वा नगरेको टुंगो लाग्ने उनले बताए ।

बिपी प्रतिष्ठानमा भ्रष्टाचार भइरहेको भन्दै छानविन गर्न दबाब दिने उद्धेश्यले हालै धरानमा हस्ताक्षर संकलन गरिएको थियो । बिपीमा भ्रष्टाचार भएको गुनासो लामो समयदेखि आएपनि अख्तियारले हालै मात्र छानविन थालेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...