ड्र्यागन डुङ्गा पल्टँदा १७ को मृत्यु

Dryagan dhunga

काठमाडौं । चीनको गुइलिन शहरको नदीमा ड्र्यागन डुङ्गा पल्टँदा १७ को मृत्यु भएको छ ।

टेलिभिजनमा देखाइएका तस्बिर अनुसार लामो र संकिर्ण देखिने ड्र्यागन डुङ्गामा थुप्रै मानिस सवार थिए जुन पल्टँदा शनिबार लगभग ६० जना डुबेका थिए ।

दुर्घटनाको यो दृश्यलाई नदीमा भएका अन्य डुङ्गाका व्यक्तिहरुले आफ्नो क्यामरामा कैद गरेका छन् । शिन्ह्वा न्यूजका अनुसार दुर्घटना भएपछि दुईसय सुरक्षाकर्मीलाई मद्दतका लागि पठाइयो ।

सिसिटीभी ब्रोडकास्टरका अनुसार नदीको तीब्र छालका कारण दुर्घटना भयो । मिडिया रिपोर्टका अनुसार नदीमा डुब्ने धेरैजसोले लाइफज्याकेट लगाएका थिएनन् ।

ड्र्यागन जस्तो देखिने डुङ्गा दौड एशियाका थुप्रै भागमा लोकप्रिय छ । देशमा जुन दिन दौडको आयोजना हुन्छ त्यो दिन चीनमा ड्र्यागन डुङ्गा दौडका लागि छुट्टीसमेत हुन्छ । बीबीसी हिन्दी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...