प्रतिष्ठानको भ्रष्टाचार रोक्न हस्ताक्षर अभियान

Bp dharan

धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचारीको दलदलमा फसेपछि धरानवासी त्यसको विरोधमा उत्रिएका छन् ।

प्रतिष्ठानमा राजनीतिक नियुक्ति आउने उपकुलपति र अस्पताल निर्देशकले प्रतिष्ठानमा ब्रम्हलूट मच्चाउने गरेका छन् । यसलाई रोक्न माग गर्दै धरानवासीले हस्ताक्षर अभियान नै चलाएका छन् ।

प्रतिष्ठानमा हुने विभिन्न औषधि उपकरण खरिद र भवन निर्माणमा सार्वजनिक नियमावलीलाई समेत मिचेर पदाधिकारीहरुले प्रतिष्ठान र नेपाल सरकारको बजेटमा ब्रम्हलूट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान भइरहँदा एक्सन धरान ग्रुपले दवाब दिन हस्ताक्षर अभियान शुरु गरेको हो ।

वीपी प्रतिष्ठानको सेवा सुविधा वृद्धि र भ्रष्टाचारी पदाधिकारीलाई कारवाहीको माग गर्दै शनिवारदेखि धरानको भानुचौकमा हस्ताक्षर अभियान शुरु भएको हो । दुई दिनमा ७ हजार भन्दा बढीले हस्ताक्षर गरिसकेका छन् ।

धरान एक्सन ग्रुपका अध्यक्ष सचित शर्माले हस्ताक्षर अभियानमा स्थानीय बद्धिजिवी, राजनीतिक दलका प्रतिनिधि, ट्राफिक प्रहरी, धरान उपमहानगरपालिकाका नगर प्रहरीदेखि सरोकारवालाले समेत ऐक्यबद्धता जनाउनेक्रम जारी रहेको बताए । सो अभियानमा केहि स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका केन्द्रिय स्तरका नेता कार्यकर्ताहरुले समेत समर्थन जनाएका छन् ।

यो अभियान धरानका विभिन्न वडा, इटहरी, धनकुटा, भेडेटार लगायतका स्थानमा समेत चलाइने बताइएको छ । विभिन्न ठाउँबाट संकलन गरिएको हस्ताक्षर प्रतिष्ठानका उपकूलपतिलाई देखाएर सहकूलपति स्वास्थ्य राज्यमन्त्रीलाई बुझाईने छ ।

पछिल्लो समय प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई उपकरण दरिद, नेपाल सरकारको बजेटबाट निर्माण हुन लागेको अंकोलोजी र कार्डियोलोजी भवन निर्माणमा चरम भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

सो उजुरी उपर अख्तियारले छानविन गर्दै रहेको अवस्थामा प्रतिष्ठानका उपकूलपतिले गत चैत्र तेस्रो साता एमआरआई उपकरण खरिद गर्ने निर्णय रद्द गरेका थिए । उपकरण खरिदका लागि एलसीसमेत खोलेको अवस्थामा उपकुलपतिले आफ्नै स्वविवेक प्रयोग गर्दै टेण्डर रद्द गरेकोमा भ्रष्टाचारको आशंका झन उब्जिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...