पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको छलफल, कुन बिषयमा केन्द्रित हुन्छ ?

Kp oli 13

काठमाडौँ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको बिषयमा बुधबार पूर्वप्रधानमन्त्रीहरुसँग छलफल हुँदैछ । यहि चैत २३ गतेदेखि हुने आफ्नो भारत भ्रमणको बारेमा छलफल गर्न बुधबार बिहान पूर्वप्रधानमन्त्रीलाई बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा आउँदो शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पुराना सम्झौताको कार्यान्वयनमा जोड दिने बताए ।

उनी यहि चैत २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस