सार्वजनिक बिदा कटौती प्रति काँग्रेसको आपत्ती

Congress digital photo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक बिदामा गरेको कटौती प्रति काँग्रेसले आपत्ती जनाएको छ ।

सरकारले फागुन ७ प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको सार्वजनिक विदा कटौती गर्ने निर्णय आपत्तिजनक रहेको काँग्रेसले जनाएको छ ।

यस बिदाको कटौती लोकतन्त्र विरुद्धको आक्रमण भएको काँग्रेसले ठहर गर्दै सरकारप्रति कडा निन्दा गरेको छ । सरकारले मनपरी रुपमा गर्दै आएका निर्णय विधिसम्मत नभएको बताउँदै लोकतन्त्रको मुल्यमान्यतामा अडिग रहन काँग्रेसले आग्रह गरेको छ ।

काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले लोकतान्त्रिक मुलूकमा प्रजातन्त्र प्राप्ति गरेको दिनलाई बिर्सन नमिल्ने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस