दशैँसहितका कटाइयाे सार्वजनिक बिदा

दशैँमा अब जम्मा ७ दिन मात्र हुने

Minister councle

काठमाडौँ । हिन्दु नेपालीहरूको महान पर्व विजया दशमीमा दिइँदै आएको सार्वजनिक बिदा कटौती भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले बिभिन्न पर्व तथा दिवसमा दिइँदै आएको बिदा कटौती गर्ने निर्णय गरेको हो । वडा दशैँमा १० दिन बिदा दिइँदै आएकामा अब जम्मा ७ दिन बिदा हुने भएको छ ।

दशैँको घटस्थापना, द्धादशी र कोजाग्रत पूर्णिमाको दिनमा दिइँदै आएको बिदा कटौती गरिएको छ । त्यसैगरी रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमीका दिन दिइँदै आएको बिदासमेत कटौती गरिएको छ ।

सरकारले १२ दिन सार्वजनिक बिदा कटौती गरेको छ । कटौती गरिएका बिदामा गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस छन् ।

अब संविधान दिवसमा मात्र सार्वजनिक बिदा दिइने छ अन्य कुनै पनि दिवसमा सार्वजनिक बिदा हुने छैन । संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइने सरकारको निर्णय छ ।

कुनै जाति, समुदाय, धर्म या भेग विशेषको चाडबाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्परालाई तोड्दै ओली सरकारले यस्तो निर्णय गरेको हो । ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिइनेछ ।

प्रतिकृया दिनुहोस