दोस्रो जनआन्दोलनका अगुवा गिरिजाप्रसाद कोइरालाको ८औँ स्मृति दिवस विभिन्न कार्यक्रममा गरि मनाइदै

Girija 1

काठमाडौँ । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको ८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । कोइरालाको ८७ वर्षको उमेरमा २०६६ साल चैत्र ७ गते निधन भएको थियो ।

स्वर्गीय कोइरालाकै अगुवाइमा दोस्रो जनआन्दोलन सफल भएको मानिन्छ । उनको स्मृति दिवसमा कांग्रेसले बुधबार कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरेको छैन । तर, यही दिन पारेर नुवाकोटमा कोषाध्यक्षको राष्ट्रिय सम्मेलन बुधबारदेखि हुँदैछ ।

कोषध्यक्षको राष्ट्रिय सम्मेलनमा पार्टीको आयस्रोत बढाउने तथा आर्थिक पारदर्शीताका विषयमा छलफल हुने बताइएको छ । यस्तै कोइरालाको स्मृति दिवस पारेर बुधबार कांग्रेसको भातृ संगठनहरुले भने अन्तरक्रिया तथा दीप प्रज्वलन गर्दैछन् ।

प्रतिकृया दिनुहोस