विमान दुर्घटनामा मृत्यु भएका २२ र ११ घाइते नेपाली कसको कुन अस्पतालमा उपचार भइरहेको छ ?

Biman d

काठमाडौं । सोमबार दिउँसो यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भयो । दुर्घटनामा परी २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुघर्टनामा नेपालीसहित २२ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ ।

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । त्यसैगरी चालक दलका चारै सदस्यको दुर्घटनामा परी मृत्यु भएको छ ।

विमानमा अध्ययनबाट फर्कदै गरेका विद्यार्थीसहित ३३ जना नेपाली यात्रु रहेको गृह मन्त्रालयले जनाएको छ । त्यसैगरी चार दलका चारै जनाको मृत्यु सो दुर्घटनामा मालदिभ्स र चीनका एक एकजना र बाँकी सबै बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् । दुर्घटनामा २२ नेपालकी मृत्यु भएको छ भने ११ घाइते छन् ।

दुर्घटनामा मुत्यु हुने नेपालीहरुः

शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

त्यसैगरी घाइतेहुनेहरुको नाम र उपचाररत अस्पतालः

घाइतेमध्ये किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, विनोद पौडेल, दयाराम ताम्राकारको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ । वसन्त बोहरा, आशिष रञ्जित, सनम शाक्यको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ ।

केएमसी सिनामंगलमा प्रिन्सी धामी र सबिना व्यञ्जनकारको उपचार भइरहेको छ । त्यसैगरी केशव पाण्डे मेडिसिटी अस्पताल नख्खु र दिनेश हुमागाईँको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...