टर्कीका १६ महिलाई मृत्युदण्डको सजाय

Capital

बग्दाद । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स आइएस समूहसँग आवद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

यहाँको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुरा बताए । इराकको सर्वोच्च न्याय परिषद्का प्रवक्ताका अनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ ।

न्यायाधीशका अनुसार ती महिलाहरूले आइएस लडाकूहरूसँग बिहे गरेको र आवश्यक सामग्री उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको स्वीकारेका छन् ।

ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीहरुलाई कालो पोशाकमा गत आइतबार बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएइको थियो ।

ती १६ महिलामध्ये चार जनाको स–साना बालबालिका पनि रहेका जनाइएको छ । आइएस लडाकूहरुको आफन्त भएको आशङ्कामा कम्तीमा ५६० जना महिला र ६०० बालबालिका इराकमा पक्राउ परेका एएफपी समाचार समितिले जानकारी दिएको छ ।

सजाय सुनाइएकामध्ये एक महिलाले आइएस लडाकूहरूसँग इराकी फौजविरूद्ध आफूले लडाई गरेको न्यायाधीशसमक्ष स्वीकार गरेकी अदालतका एक अधिकारीले बताएका छन् ।

सन् २०१७ मा मोसुल सहरका लागि भएको लडाइमा लडेको आरोपमा गत जनवरीमा एकजना जर्मन महिलालाई मृत्युदण्ड सुनाइएको थियो । यसै महिनाको शुरूतिर पनि टर्कीकी एक महिलालाई मृत्युदण्ड दिइएको थियो भने अरू १० जनालाई आजीवन कारावासको सजाय सुनाइएको पनि समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...