७ महिनामा ४३ अर्बको इन्धन आयात

Ayat

पर्सा । चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा वीरगञ्ज नाका भएर ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ ।

साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट ६ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र १ लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ ।

आव २०७३/७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज नाका भएर ३३ अर्ब १० करोड ६६ लाख मूल्यको ५ लाख ५५ हजार २५६ किलोलिटर इन्धन र १ लाख २४६ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको थियो ।

गत वर्षको तुलनामा चालू आवमा १० अर्ब १५ करोड ३२ लाख मूल्यको एक लाख २३ हजार १५५ किलोलिटर इन्धन र २२ हजार ६९३ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।

भारतको रक्सौल, बरौनी डिपोबाट आयात गरिएको पेट्रोलियम पदार्थ र मथुरा, हल्दियालगायत स्थानबाट आयात गरिएको खाना पकाउने ग्यासबाट भन्सार कार्यालयले चालू आवको सात महिनामा ९ अर्ब ५९ करोड १२ लाख राजस्व संकलन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...