पार्टी एकता प्रक्रियाबारे छलफल

Uml maobadi new

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याउने विषयमा आन्तरिक छलफल गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीका शीर्ष नेताहरुसँग आज आन्तरिक छलफल गरिएको हो ।
अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको अनौपचारिक छलफलमा एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउने गरी कुराकानी भइरहेको शीर्ष नेतालाई जानकारी गराए ।

बैठकमा सहभागी नेताहरुका अनुसार अध्यक्ष दाहालले आइतबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर्नुभएको एक्लाएक्लै छलफलमा भएको प्रगतिबारे जानकारी गराए । एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक आजै बस्दैछ ।

माओवादी केन्द्रका नेता जनार्दन शर्माका अनुसार पार्टी एकतालाई निष्कर्षमा पु¥याउने गरी कुराकानी भइरहेको छ । आइतबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच करिब पाँच घण्टा छलफल भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गते संघीय संसदको बैठक आह्वान गरेका छन् । सो बैठकमा एकीकृत पार्टीको रुपमा नै प्रस्तुत हुने गरी तयारी भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस