अमेरिकाको फ्लोरिडास्थित स्कुलमा गोली चल्दा १७ को मृत्यु

3

फ्लोरिडा । मेरिकको फ्लोरिडास्थित एक विद्यालयमा गोली चल्दा १७ विद्यार्थीको मृत्यु भएको छ ।

सोही विद्यालयबाट निकालिएका एक जना १९ वर्षीय पूर्व विद्यार्थीले गोली प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ। विवरणहरूमा उनलाई विद्यालयबाट निष्कासन गरिएको समेत उल्लेख गरिएका छन्।

पार्कल्याण्डको मेर्जरी स्टोनम्यान डग्लस हाई स्कुलमा भएको गोली प्रहारमा झन्डै डेढ दर्जन घाइते भएका छन् । प्रहरीले गोली प्रहार गर्ने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । संदिग्ध अपराधीको साथबाट अटोमेटिक राइफल बरामद भएको जनाइएको छ ।

उनी मायामीभन्दा ७० किलोमिटर उत्तरमा पर्ने पार्कलेण्डमा रहेको मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलका पूर्वविद्यार्थी भएको विश्वास गरिएको छ।

उनले आगो लागेको खतरा जनाउने घण्टी थिचेर विद्यालयमा अस्तव्यस्तता सिर्जना गराएको र त्यसपछि गोली चलाउन थालेको सुरक्षा निकायहरूले सीबीएस न्यूजलाई जानकारी दिएका छन् ।

गोली चल्न थालेपछि विद्यार्थीहरूले कक्षा कोठाभित्र लुक्न बाध्य भएका थिए भने प्रहरीहरू विद्यालय परिसरलाई सुरक्षित बनाउने कारबाही तत्कालै थालेका थिए ।

अमेरिकी संघीय जाँच निकाय एफबीआइले स्थानीय सुरक्षा निकायलाई अनुसन्धानमा मद्दत गरिरहेको जनाएको छ ।

एउटा ट्विटर सन्देशमा राष्ट्रपति डोनल्ड ट्रम्पले कुनै पनि बालबालिका, शिक्षक वा अरू कोहीले पनि अमेरिकी विद्यालयमा कहिल्यै पनि असुरक्षित महसुस गर्न नहुने उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस