मुख्यमन्त्री पौडेलले लिए पद तथा गोपनियताको सपथ, को को हुदैछन मन्त्री ?

Dormani paudel

काठमाडौँ । पहिलो मुख्यमन्त्रीको रुपमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार विहान पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश नं ३को अस्थायी मुकाम हेटौडामा रहेको प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथ ग्रहणपछि उनले केहीबेरमा पदभार सम्हाल्ने कार्यक्रम छ ।

प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

मुख्यमन्त्रीले केहीबेरमा पदभार सम्हाले पछि मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ । मन्त्रीमा  एमाले प्रदेशसभा सांसद केशव स्थापित भौतिक पूर्वाधार मन्त्री बन्ने पक्का भएको बताइएको छ ।

तर, माओवादी केन्द्रले मन्त्रीको नाम नदिएका कारण मन्त्रीहरुको सपथ तय हुन सकेको छैन । माओवादी केन्द्रले संसदीय दलका नेता शालिकराम जम्मरकट्टेललाई मन्त्री बनाउने तयारी गरेको छ । तर, मन्त्रालयमा सहमति हुन नसक्दा नाम दिएको छैन ।

पौडेललाई माओवादी केन्द्रको पनि समर्थन छ । तर, माओवादीले तत्काल सरकारमा नजाने संकेत दिएको छ । एमालेले एक मन्त्रीको नाम दिन आग्रह गरेपनि माओवादीले पार्टी एकताबारे ठोस सहमति नभएको भन्दै मन्त्रीको नाम दिन मानेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...