रोहिंज्या शरणार्थी फिर्तीबारे भेटवार्ता

Rohihang

ब्रिटेन । ब्रिटेनका विदेशमन्त्री बोरिस जनसनले म्यानमारकी नेतृ आङ सान सूचीसँग आइतवार भेटवार्ता गर्दैछन् । भेटवार्ताका क्रममा उनले रोहिंज्या मुस्लिम शरणार्थीहरूको सुरक्षित फिर्तीका लागि आग्रह गर्ने अपेक्षा गरिएको छ ।

यसअघि शनिवार उनले म्यानमारसँगको बांग्लादेशी सीमामा रहेको एउटा शरणार्थी शिविरको भ्रमण गरेका थिए। त्यहाँ जनसनले म्यानमारको सेनाले गरेको दमनका कारण भागेर बांग्लादेश पुगेका शरणार्थीहरूलाई भेटे।

भ्रमणका क्रममा उनले शरणार्थीहरूलाई म्यानमारको रखाइन राज्यस्थित उनीहरूको घर स्वेच्छिक रूपमा ससम्मान र अन्तर्राष्टिय रेखदेखमा फर्कन दिनु महत्त्वपूर्ण भएको बताए। म्यानमारमा गत डिसेम्बरमा समाचार संस्था रोयटर्सका दुईजना पत्रकारलाई पक्राउ गरिएकोबारे पनि विदेशमन्त्री जनसनले कुरा गर्ने अपेक्षा गरिएको छ।

रोहिंज्या मुस्लिमविरूद्धको हिंसाबारे एउटा रिपोर्ट लेखेपछि उनीहरूलाई पक्राउ गरिएको थियो। बांग्लादेशमा जनसनले त्यहाँकी प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री अब्दुल हसन महमुद अलिसँग भेटवार्ता गरेका थिए।

संयुक्त राष्ट्रसंघले रखाइनबाट रोहिंज्याहरूलाई धपाउने काम र सेनाले गरेको कारबाही पाठ्यपुस्तकमा उल्लेख गर्ने खालको जातीय सफाया को रूपमा व्याख्या गरेको छ । बांग्लादेशले रोहिंज्या शरणार्थीहरूको फिर्तीसम्बन्धी एउटा समयतालिकामा म्यानमारसँग सहमति गरिसकेको छ।

तर सहायता संस्थाहरूले फिर्ता लगिने शरणार्थीहरूको संख्याबारे चासो व्यक्त गरेका छन् । म्यानमारले प्रत्येक हप्ता १५ सय शरणार्थीलाई फिर्ता लग्ने सहमति गरिसकेको छ। बांग्लादेशले दुई वर्षभित्र सबै रोहिंज्या शरणार्थीलाई फिर्ता पठाउने लक्ष्य रहेको बताएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...