शेयर बजार एक अर्ब ५५ करोडको कारोबार

Timthumb.php

काठमाडौँ । धितोपत्र बजारमा यस साता एक अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ४१ लाख ९६ हजार ४९० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १३ दशमलव ३१ प्रतिशत बढी हो । गत साता १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर १ अर्ब ३६ करोड ८८ लाख ९१ हजारमा खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १९ दशमलव ४८ अंकले घटेर अन्तिम दिन एक हजार ३९१ दशमलव ०३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ९४ अंकले घटेर २९४ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको १६ करोड ४७ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो । कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको ४ लाख ६१ हजार कित्ता शेयर कारोबार भएको हो ।

यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता बैंक अफ काठमाडौँको ६१ लाख ५८ हजार ६७ बोनस शेयर, आइएसडिसी लघुवित्तको २३ लाख कित्ता हकप्रद र छिमेक लघुवित्त वित्तीय संस्थाको १६ लाख ५९ हजार २९३ कित्ता बोनस शेयर सूचीकृत भएका छन् ।

यस्तै आइसिएफसी फाइनान्स कम्पनीको ८ लाख तीन हजार ८८५ कित्ता, सोल्टी होटलको ८६ लाख ८८ हजार २४४ कित्ता र स्वदेशी लघुवित्त संस्थाको एक लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको स्टकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...