विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुन्छ : अध्यक्ष दहाल

सबै क्षेत्रमा विदेशी लगानी भित्रिन अावश्यक छैन

Parchanda

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जहाँ पनि जसरी पनि’ विदेशी लगानी भित्रिन थाल्यो भने हामी सबै विस्थापित हुने बताएका छन् । 

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको १४ औँ साधारणसभा तथा आठौं अधिवेशन एवं संघको भवन शिलन्यास समारोहलाई शनिबार रामनगरमा सम्बोधन गर्दै उनले विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुने र सम्पूर्णरुपले विदेशीको कब्जामा जाने खतरा बढ्ने हुँदा सबै क्षेत्रमा विदेशी लगानी भित्रिन नहुने विचार व्यक्त गरे  । 

उनले अहिलेको विश्वव्यापीकरणको दुनियाँमा कुनै खास क्षेत्रमा विदेशी लगानी ल्याएन भने पनि अर्थतन्त्रले गति लिन नसक्ने र त्यसमा जीवन्तता हुननसक्ने बताए । 

हालै सम्पन्न निर्वाचनमा प्रगतिशील वामपन्थी गठबन्धनका पक्षमा अनि स्थायित्व र संमृृद्धिको पक्षमा जनमत प्रकट भएको भन्दै उनले त्यसैअनुरुप सरकारले राष्ट्रका तर्फबाट किसान हक हितका पक्षमा काम गर्नुपर्ने बताए । उनले भने, “सिंगो राष्ट्रको संमृृद्धि तर्फ र नयाँ यात्रातिर नेपाल जाओस् भन्ने मेरो चाहना छ ।” राज्यले नीति र ऐन कानून, नियम निर्देशिकामा सुधार गर्ने कुरामा ध्यान पु¥याउन नसकेको उनले बताए । 

सो अवसरमा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले १५ वर्ष देखिनै नेपाल पोल्ट्रीमा आत्मनिर्भर भएको भन्दै आत्मनिर्भरलाई निरन्तरता दिन रु १०÷१५ अर्ब वार्षिक लगानी थप्नुपर्ने आवश्यकता औँल्याए । 

प्रदेश नं ३ का भूमि व्यवस्थापन कृषि विकास र सहकारी मन्त्रालयका सचिव डा बंसि शर्माले पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्र्याउने नीति नभएको बताए । उद्योग वाणिज्य महासंघका सदस्य डा तिलचन्द्र भट्टराईले वार्षिक रु १७ अर्ब भन्दा बढीको मकै, भट्टमास, सूर्यमुखी पिनालगायतका कच्चा पदार्थ विदेशबाट आउने गरेको बताए। 

अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले किसानले लागत मूल्य पनि पाउन नसकेको, पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्रन थालेको, ब्याज छुट नपाएको लगायतका समस्याका बारेमा जानकारी गराएका थिए । सोही अवसरमा भरतपुर महानगरपालिका–१ रामनगरमा संघको नाममा रहेको तीन कठ्ठा तीन धुर जग्गामा संघको कार्यालय भवनको प्रमुख अतिथि दाहालले शिलान्यास गरेका थिए । संघका महासचिब त्रिलोचन कँडेलका अनुसार कार्यालय कक्ष र सभाहल गरी करिब रु ७५ लाखमा भवन निर्माण गरिने छ । संघमा देशभरका सात सय अण्डा उत्पादन गर्ने कृषक र व्यवसायी आवद्ध छन् । १५ सदस्यीय कार्यसमिति चयन गर्दै संघको अधिवेशन आजै सम्पन्न हुँदै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...