आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव : उपराष्ट्रपति पुन

Vice president nanda bahadur pun

धुलिखेल । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिबाट मात्रै देशको विकास सम्भव हुने बताएका छन् । शुक्रबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबले आयोजना गरेको २८५४ औँ खिल्हो सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सबै तहका नेतृत्व र आमजनसमुदाय त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए । 

उनले भने, “अबको प्रतिष्पर्धा आर्थिक समृद्धिका लागि हुनुपर्छ, सबै तहले त्यसमा ध्यान दिनुहुनेछ ।” आफ्नो समुदाय र देशको समृद्धिका लागि भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिए । उनले पछिल्लो अवस्थामा राज्यको प्रशासनिक क्षेत्रमा आदिवासी जनजाति, अल्पसंख्यक र पिछडिएका क्षेत्रका समुदायको सहभागिता बढ्दै जानु सराहनीय भएको बताए । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद गंगाबहादुर तामाङले प्रदेश नं ३ को राजधानी काभ्रे हुने र त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको बताए । प्रदेशसभा सांसद रत्न ढकालले तामाङको बाक्लो उपस्थिति रहेको क्षेत्रलाई विकास गर्न आफूले सक्दो पहल गर्ने बताए । 

पूर्व सांसद तीर्थ लामा, नेकपा (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज सूर्यमान दोङ, रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामालगायतले आफ्नो धारणा राखेका थिए । सो अवसरमा मानवशास्त्री डा मुक्तसिंह तामाङ, लेखक दुपवाङ्गेल मोक्तान, गायिका मनिला सोताङ र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाली समाजमा अतुलनीय योगदान दिएको भन्दै उपराष्ट्रपति पुनले सम्मान गरुका थिए । कार्यक्रममा कलाकार उदय सोताङ, मनिला सोताङ, मीना निरौलालगायतले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...