ताइवानमा ६.४ म्याग्नेच्युडको भूकम्प : ४ जनाको मृत्यु, १४५ वेपत्ता

Original taiwan

एजेन्सी । ताइवानको पूर्वी क्षेत्रमा मंगलबार राती शक्तिशाली भूकम्प गएको छ । रेक्टर स्कलमा यसको तीव्रता ६.४ म्याग्नेच्युड मापन गरिएको थियो ।

भूकम्पका कारण कयौँ भवनमा क्षति पुगेको छ, जसमा ४ जनाको मृत्यु भएको बताइएको छ । भूकम्पका कारण २२५ जना घाइते हुनका साथै १४५ जना वेपत्ता रहेका छन् ।

भूकम्प स्थानीय समय अनुसार ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु बन्दरगाह शहर हुआलिएनबाट उत्तरपूर्वमा २१ किलोमिटर टाढा जमिनबाट ९.५ किलोटिर तल रहेको थियो ।

भूकम्पबाट हुआलिएन शहरमा रहेको १० तल्लाको मार्सल होटलको भवन क्षतिग्रस्त बनेको छ । समाचार एजेन्सीका अनुसार यसमा अझै ३० जना फँसेका छन् ।

यो सहर चर्चित पर्यटकीय क्षेत्रमा पर्दछ । यहाँ १ लाख जना बसोबास गर्दछन् ।भूकम्पपछि अहिलेसम्म १ सयभन्दा बढी स–साना पराकम्पहरु गइसकेका छन् ।

सन् १९९९ मा ताइवानमा ७.६ रेक्टर स्केलको भूकम्पमा परी २४ सय जनाको ज्यान गएको थियो भने दुई वर्षअघि गएको भूकम्पमा १ सय जनाले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...