विरामी कुरुवा बसेकी दलित युवतीमाथि स्प्रिड प्रहार

Mahila hinsa

डोटी । डोटीमा बिरामीको कुरुवा बसेकी एक बालिकामाथि बलात्कारको प्रयास भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीमा कार्यरत बिमल कुँवरले विरामी कुरावा बसेकी एक दलित युवतीलाई शारीरिक सम्पर्कको प्रस्ताव राख्दा अस्वीकार गर्दा शरीरमा स्प्रिड प्रहार गरेका छन् ।

११ महिनादेखि वायोमेडिसियन टेक्निसियनको रुपमा जिल्ला स्वास्थ्य कार्यालय कार्यरत कुँवरलाई आइतबार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । कुँवरले दिपायल सिलगढी नगरपालिका ७ की एक १५ वर्षीया वालिकालाई आइतवार राती बलातकारको प्रयास गरेका थिए । वलात्कार गर्न असफल भएपछि उनीमाथि कुँवरले स्प्रिड प्रहार गरेको बताइएको छ ।

तर पीीडतका आफन्तले भने कुँवरले एसिड प्रहार गरेको दावी गरेका छन् । पीडितको उपचारमा संलग्न डा. विवश पराजुलीले एसिड नभई स्प्रिड हानेको हुनसक्ने बताएका छन् । उनको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ ।

उनी पाँच दिनदेखि जिल्ला अस्पताल डोटीमा उपचार गराइरहेकी हजुर आमाको कुरुवा बसेकी थिइन् । तर प्रहरीले भने पीढितले आफुमाथि यौन दुव्यवहार भएको बताए पनि अहिले नै यसै भन्न नसकिने जनाएको छ ।

जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मधुसुधन लुईटेल भने ‘अहिले नै बलात्कारको प्रयास भन्न मिल्दैन, निभेको आगो बाल्न स्प्रिड हाल्ने क्रममा बालिकाको शरीरमा पर्न गएको भन्ने छ ।’

प्रतिकृया दिनुहोस