शेयर बजार एक अर्ब बढीको कारोबार

Share marke

काठमाडौँ । धितोपत्र बजारमा यस साता १ अर्ब ३६ करोड ८८ लाख ९१ हजार बराबरको शेयर बिक्री भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर बिक्री भएको थियो । कारोबार रकम गत साताको भन्दा २१ दशमलव २८ प्रतिशत कम हो ।

गत साता १७७ कम्पनीको १ अर्ब ७३ करोड ९० लाख १४ हजार बराबरका ५० लाख ५९ हजार ९३० कित्ता शेयर खरिद बिक्री भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलव ५७ अंकले बढेर अन्तिम दिन १ हजार ४११ दशमलव ५२ अंकमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ११ अंकले बढेर २९८ दशमलव १२ अंकमा पुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिम माई हाइड्रोपाजवर लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको ८ करोड २५ लाख २० हजार बराबरको शेयर खरिद बिक्री भएको थियो ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको २ लाख ११ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस साता काबेली विकास बैंकको १ लाख ४० हजार ३५२ कित्ता बोनस, सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १० लाख ६९ हजार ३५, ग्लोबल आईएमई बैंकको ८० लाख ८० हजार ३४१ र लक्ष्मी बैंकको ७४ लाख ७२ हजार ४१२ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...