मासिक १५ लाखको कारोबार गर्दै चिज उत्पादन केन्द्र

Cheese factory

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले मासिक १५ लाखको हाराहारीमा कारोबार गरिरेहका छन् ।

विसं २०२७ मा साविकको भिमखोरी गाविस–१ जुगेपानी पौवामा दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण केन्द्रको आयोजनामा स्थापना भएको उक्त केन्द्रले सो स्थान र आसपासका क्षेत्रबाट दूध संकलन गरिरहेका छन् ।

भिमखोरीको कातारचे, केराबारी, पौवा, सोरे, छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायतका ठाउँबाट संकलन भएको दूध विभिन्न सहकारी संस्थाबाट गरी दैनिकरुपमा ७ सय देखि ७५० लिटरसम्म जम्मा हुने गरेको केन्द्रका प्रमुख अबोधकुमार झाले बताए ।

यहाँ संकलन गरेका दूधबाट चिज, मखन, पनिरलगायतका उत्पादित वस्तु काठमाडौँस्थित केन्द्रीय कार्यालय लौनचौरमा लगेर बिक्री गर्दै आएको झाले बताए । “हामीले यहाँ उत्पादन भएका दुग्धजन्य पदार्थ भकुण्डेमा लगेर कटिङ गरिन्छ, त्यसपछि सिधै काठमाडौँको लैनचौरमा लगेर बिक्री हुन्छ,” उनले बताए ।

जुगेपानीमा रहेको चिज उत्पादन केन्द्रमा दैनिक पनिर ११० देखि १२० किलोग्राम, चिज ७० देखि ८० किलोग्राम र मखन १८ देखि १९ किलोग्रामसम्म उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

“२०२७ सालमा स्थापना भएको सोे केन्द्र २०५० सालदेखि २०६५ सालसम्म १५ वर्ष बन्द भयो, पछि सञ्चालनमा आएदेखि पुनः हामी यही काम गर्दै आएका छौँ,” केन्द्रका कर्मचारी सूर्यबहादुर मगरले भने , “बीचमा बन्द भएको बेलामा हामी त्यतिकै पर्खेर बस्यौँ, अहिले आएर राम्रोसँग सञ्चालन भइरहेको छ ।”

कृषि अनुसन्धान सहकारी संस्था केराबारी, धर्मेश्वर दुग्ध उत्पादन सहकारी संस्था केराबारी, महाभारत कृषि सहकारी संस्था कातारचे र सौभाग्य महिला कृषि सहकारी संस्था पौवालगायतले संकलन गरेको दुध केन्द्रमा आउने गरेको छ ।

भीमखोरीको उच्च पहाडी भूभाग भएका कारण यातायातको साधन नचल्ने भएपछि त्यस भेगमा उत्पादन भएको दूध संकलन गर्नका लागि सहकारी संस्थाले स्थानीय बासिन्दा र खच्चडको प्रयोग गर्ने गरेको कर्मचारी सुरेश सिञ्जालीले बताए ।

त्यसैगरी दूध ढुवानी गरेबापत भूगोल हेर ढुवानीकर्तालाई सहकारीमार्फत मासिक ज्याला दिने गरेको छ । स्थानीय बासिन्दा वसुमाया बलले भने,“हामीले यही नजिकै कातारचेबाट दूध ढुवानी गर्छौं, त्यसबापत २ हजार ४० पाउँछौँ ।” “यहाँ काम गर्न थालेको तीन वर्ष भयो, यसरी कमाएको पैसाले छोराछोरीलाई पढाउने, घर खर्च चलाउने र अन्य काममा खर्च गर्नका लागि पुग्छ ।”

अर्का लक्ष्मी श्रेष्ठले दूध ढुवानीबाट घर खर्चका साथै अरु खर्चमा ठूलो टेवा पुगेको बताए । अहिले केन्द्रमा कार्यालय प्रमुख झासहित ५ जना कर्मचारी कार्यरत छन् । कुल ११ रोपनी जग्गामा फैलिएको उक्त केन्द्रमा छ वटा भवनसहितको भौतिक संरचना छ । तर बीचमा बन्द हुने र त्यसको उचित संरक्षण नहुँदा त्यो भवन जीर्ण हुँदै गएको छ ।

भौतिक संरचना मर्मत सम्भारका लागि केन्द्रीय कार्यालयमा बजेटको माग भइरहेको तर उपलब्ध हुन नसकेको केन्द्र प्रमुख झाले बताए ।

“हामीसँग भौतिक संरचना पर्याप्त छन्, तर त्यसको संरक्षण हुन नसक्दा भौतिक पूर्वाधार जीर्ण बन्दै गएको छ, त्यसका लागि हामीले पहल गरिरहेका छौँ ।” उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...