विधानअनुसार चल्न नसक्दा काँग्रेस कमजोर भयो : नेता सिंह

Prakashman shigha

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको बताए ।

शंखमूलमा रहेका ५ वटा टोलसुधार समितिले आज हनुमानमार्गमा संयुक्त रुपमा आयोजना गरेको ‘बधाई तथा सम्मान कार्यक्रम’मा उनले भने , “प्रजातन्त्रका लागि लडेको पार्टी प्रजातान्त्रिक पद्दतिअनुसार चल्न नसक्दा कमजोर भएको हो ।” “अब पार्टीलाई जनताको लोकप्रिय पार्टी बनाउनुपर्छ, त्यसका लागि म लड्नेछु,”– नेता सिंहले भने ।

पूर्वमहामन्त्री सिंहले निर्वाचन भएको दुईवर्ष बित्दा पनि पार्टीको केन्द्रीय समिति, पदाधिकारी र विभागले पूर्णता नपाउनु दुःखद कुरा भएको चर्चा गर्दै जनताको जनादेशअनुसार काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने स्पष्ट पारे । “हामी संसद्मा राम्रो काम गर्नेलाई सहयोग र नराम्रो काम गर्नेलाई खबरदारी गर्छौँ,”–उनले भने ।

काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता सिंहले आफ्नो क्षेत्रका समस्यालाई संसद्मा राख्नका लागि मतदाताले बेलाबेलामा जनप्रतिनिधीको खबरदारी गर्नुपर्ने बताउँदै राष्ट्रिय गौरवका योजना निर्माणमा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...