बृद्धाश्रममा आगलागी हुँदा एघारको मृत्यु

Aaglagi

टोकियो । उत्तरी जापानमा रहेको एक बृद्धाश्रम भवनमा भएको आगलागीमा परी ११ व्यक्तिको मृत्यु भएको छ ।

उत्तरी जापानमा अवस्थित उक्त वृद्धाश्रम रहेको भवनमा राति अकस्मात आगो सल्किएको थियो ।

उत्तरी जापानमा यतिखेर हिउँ परिरहेको छ । तर पनि आगोको मुस्लोले सो भवनलाई पूर्णरुपमा क्षति पु¥याएको र आगो नियन्त्रणमा लिनका लागि कैयौँ अग्निनियन्त्रक यन्त्रले संघर्ष गरिरहेका स्थानीय टेलिभिजनका फुटेजमा देखाइएको छ ।

न्युन आय भएका व्यक्तिको लागि बनाइएको सो बृद्धाश्रममा अकस्मात आगलागी सुरु भएको र त्यसमा परी ११ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ ।

स्थानीय संगठनको सहयोगमा सञ्चालनमा रहेका १६ वटा बृद्धाश्रम राखिएका आवासीय भवनमध्ये एकबाट सुरु भएको सो आगलागीमा परी ८ जना पुरुष र ३ महिलको मृत्यु भएको थियो ।

आगलागीपछि अन्य पाँचवटा आवासीय भवनबाट भाग्न खोजेका व्यक्तिहरु भने सामान्य रुपमा घाइते भएका बताइएको छ ।

सो आगलागी बुधबार राति स्थानीय समयाअनुसार ११ः४२ मा सुरु भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...