गाईपालनबाट लाखौँ आम्दानी

Cow

पाल्पा । माथागढी गाउँपालिका–२ रुप्से गाउँका २८ परिवारको आयस्रोत नै गाईपालन व्यवसाय बनेको छ ।

एउटा परिवारले न्यूनतम दुईदेखि नौ वटासम्म जर्सी र होलस्टिन जातका माउ गाई पालेको छ । गाईपालनबाट उनीहरुको लाखौँ आम्दानी गर्दैआएका छन् ।

दूध बिक्रीबाट प्रतिपरिवारले मासिक ३० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्ने गरेका छन् । जिल्ला पशुसेवा कार्यालयले दूधको उत्पादन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरेको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ कार्यक्रमबाट उत्साहित भई कृषकले व्यावसायिक प्रणालीबाट गाईपालन व्यवसाय शुरु गरेका हुन् ।

कृषकलाई व्यावसायिक पशुपालनमा आकर्षित गराउन पशुसेवा कार्यालयले यहाँ २०६७ मा डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ अभियान शुरु गरेको हो । सो कार्यक्रमका लागि कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत एक घरपरिवारलाई १ हजार ५ सय र गाई ढुवानी खर्चबापत १ हजार अनुदान रकम सहयोग गरेको पशुस्वास्थ्य प्राविधिक शेरबहादुर रानाले बताए ।

उक्त क्षेत्रबाट दैनिकजसो ५ सय लिटरभन्दा बढी दूध बजारमा खपत हुँदै आएको छ । दूध बिक्री गर्न थालेपछि यहाँका कृषकको दैनिकी फेरिँदै गएको छ । जीवलाल अर्यालले विदेशबाट फर्केर गाईपालन व्यवसायबाट अहिले मासिक १ लाखको हाराहारीमा कमाइ गर्र्छन् ।उनले ७ वटा गाईबाट दैनिक ८० लिटर दूध बिक्री गर्छन् ।

त्यस्तै यमबहादुर रिजालले दैनिक ५० लिटर दूध बिक्री गरेर मासिक ८० हजार आम्दानी गर्दैआएका छन् । उनले पनि विदेशबाट फर्केलगत्तै सो व्यवसाय शुरु गरेका हुन ।

दूध बिक्री गरेर छोराछोरीलाई उच्च शिक्षा दिन र घरखर्च चलाउन सजिलो भएको कृषक कृष्ण भट्टराई बताउनुहुन्छ । उनले दैनिक ६ वटा गाईबाट ८० लिटर दूध बिक्री गर्छन् । एक महिनामा दूध बिक्रीबाट १ लाखको हाराहारीमा आम्दानी लिँदै आएको भट्टराईले बताए ।

पहिले यहाँका कृषक अन्नबाली, गेडागुडी लगाएर सामान्यरुपमा जीवन गुजारा गर्न बाध्य थिए । अहिले दूध बिक्रीबाट नसोचेको आम्दानी भित्र्दै जाँदा कृषक आफैँ दंग छन् । कृषकको सहजता र व्यवसायमा हौसला बढाउन डुम्रे दुग्ध उत्पादक सहकारीले घरदैलोमै पुगेर दूध खरिद गरेपछि कृषकलाई दूध बिक्री गर्न सहज भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...