२ अर्ब ४१ करोड बढी राजस्व संकलन

चितवन । आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा गत वर्षको सोही अवधिमा भन्दा २ अर्ब ४१ करोड ७९ लाख ४ हजार बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीका अनुसार पुस मसान्तसम्ममा ९ अर्ब ३२ करोड ७४ लाख ५३ हजार राजस्व संकलन भएको छ । यस अवधिमा ८ अर्ब ४५ करोड १२ लाख १ हजार लक्ष्य राखिएको थियो ।

“लक्ष्यभन्दा ११०.३७ प्रतिशत बढी राजस्व संकलन भएको छ,” उनले भने । कार्यालयले गत आवको पुस मसान्तसम्ममा ६ अर्ब ९० करोड ९५ लाख ४९ हजार राजस्व संकलन गरेको थियो ।

विगत छ महिनामा सबैभन्दा बढी अन्तःशुल्कबाट ७ अर्ब ८८ करोड ३४ लाख ९ हजार राजस्व संकलन भएको छ । कार्यालयले चितवन र नवलपुुर जिल्ला हेर्दै आएको छ । सो क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजस्व अन्तःशुल्कबाट उठ्ने गरेको पंज्ञेनीले बताए ।

बजार क्षेत्रमा कर प्रशासनको उपस्थिति, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकासलगायतका कारण पछिल्लो समय कर संकलन लक्ष्यभन्दा बढी हुँदै गएको उनले बताए । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालू आवमा कार्यालयले १९ अर्ब ७४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...