६ लाखको लागतमा खेल मैदान निर्माण

Khel maidan

धनकुटा । धनकुटाको सिधुवामाखेलकुदको क्षेत्रमा सहयोग पु¥याउने उद्धेश्यले सिधुवामा १ सय मिटर लम्बाई र ६५ मिटर चौडाईको खेल मैदाननिमार्ण भएको छ ।

६ लाखको लागतमा श्री सरस्वती मा.वि.को ५० रोपनी जमिनमा निर्माण गरिएको खेल मैदानकोे जिल्ला फुटवल धनकुटाका उपाध्यक्ष दिवेश खड्काले उद्घाटन गरेका निमार्ण समितिका अध्यक्ष लक्ष्मि नारायण श्रेष्ठले जानकारी दिए ।

खेल मैदान निर्माणमा लागि छथर जोरपाटी गाउँपालिकाको २ लाख ५० हजार,गाउँपालिका वडा नं.६ को २ लाख ५० हजार र सिंहदेवी युथक्लव सिंधुवाको १ लाख लागतमा निमार्ण गरिएको हो ।

आगामी दिनमा कभर्ड हल,रनिङ्गट्रयाक र प्याफिट निर्माणका लागि बिष्णु पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...