वन पैदावरबाट लामो प्रयासपछि पहाडी जिल्ला धनकुटाको आर्थिक आयमा वृद्धि

Ban

धनकुटा । वनपैदावरबाट लामो प्रयासपछि पहाडी जिल्लामा रहेको धनकुटाका ग्रामिण स्तरका जनताहरुको आयस्तरमा वृद्धिभई धनकुटा जिल्लाकै आर्थिक आयमा वृद्धि हुन पुगेको छ ।

कोशि अञ्चलमा रहेका चारै जिल्ला तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुरमा रहेका किसानको निजीजग्गामा रोपिएकाउत्तिस, मौवा, मलातो, चिलाउन लगायतका काठ तराईकाप्लाइउड (भेनियर) उद्योगहरूमा जाने गरेको पाईन्छ ।

घरमा दाउराका रूपमा प्रयोग भईरहेको काठ धमाधम बिक्री हुनथालेपछि कोशीपहाडका किसानले खेत–बारीसमेत मासेर काठ रोपिरहेका छन् ।

अहिले यी पहाडी जिल्लाका किसानले काठ बिक्रीबाट बर्र्षेेनि करोडौँ रुपियाँ कमाई रहेका छन् । धनकुटामा नगदेबालीसरह काठले आम्दानी दिईरहेको धनकुटा ३ कागतेका स्थानियबासी किसान ख्यामप्रसाद भण्डारी बताउँछन् ।

किसानले आफ्नो बगानको रूख आफ्नो घरायसी तथा स्थानिय सामाजिक निर्माण कार्यका साथ ैव्यापारीलाई बिक्री गर्ने र व्यापारीले गोलिया बनाएर तराईका विभिन्न प्लाइउडउद्योगहरूमा पु¥याउने गरेका छन् ।

पहाडका गोलिया झापा, मोरङ, सुनसरी लगायत जिल्लाका भेनियर उद्योगमा पुग्ने गरेको छ । धनकुटाका किसानले २५औँ बर्ष देखि काठ बिक्री गर्दै आईरहेका छन् ।

काठ नाम सुन्दा अलिअनौठो लागे पनि यही काठले पहाडी जिल्लाका किसानको आर्थिक अवस्थामा वृद्धिल्याएको छ । लामो समयदेखि बाँदरका समस्या र युवाशक्तिको अभावले खेति हुनछोडेका पाखोबारीमा कुकाठलगाउँदा भू–क्षय रोक्ने र आम्दानी समेत हुन थालेपछि किसानलाई फाईदाहुने भएकोले आजभोलि स्थानियबासिहरुले त्यस्ता प्रजातिहरु आफै रोप्न थालेका छन् ।

गएको आर्थिक बर्ष २०७३/७४मा धनकुटाबाट मात्र २ करोड ७लाख४५ हजार २४९ रुपैयाँ बराबरकोे नरम काठको गोलिया निकासी गर्दा कर कार्यालय मार्फत मुल्यअभिवृद्धि कर (भ्याट) बुझाएको जिल्ला वन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

निजी आवादीका रूख कटानका लागि स्थानीयतहको सिफारिस, जग्गाको नक्साल गायतका कागजात तयार गर्नुपर्ने भएकाले यस्तो झण्झटिलो प्रक्रिया अन्त्य हुनुपर्ने काष्ठ व्यवसायी पे्रम खड्कार किसान भण्डारीले बताए ।

यो जिल्लाको कुल क्षेत्रफल ८९५२५.४ हेक्टर रहेको छ । धनकुटाको भू–उपयोग तथ्याङ्कअनुसार ३८ हजार ३५५.५ हेक्टर ४२.८४ प्रतिशतवन क्षेत्र रहेको छ ।
यहाँ सरकारद्वारा संरक्षितवन, सामुदायिक वन, धार्मिक वन,कबुलियत वन र निजीवन छन् ।

निजीदर्ता भएका वनबाहेक सर्वसाधारणले आफ्नो पाखाबारी र खेतमा लगाएका निजीवनको भने यकिन तथ्याङ्क जिल्ला वनकार्यालयमा नरहेको जिल्ला वन अधिकृत कृष्ण प्रसाद वस्तीले बताए ।

जिल्ला वन अधिकृत वस्तीले काठ जन्यवस्तुमा भ्याट लाग्ने व्यवस्था अनुसार जिल्ला वन कार्यालयले निजीनम्बरी आवादीका काठमाभ्याट बाहेक अनय राजस्व तथाशुल्क सरकारी पक्षबाटे लिने नगरिएको बताए ।

निजीपाखाबारी र बारी कान्लामा भएका रुखहरु गोलियाबनाई लैजानधान, मकै वा अन्यनगदेबाली सरह बिक्रीगर्न पाउनुपर्ने माग उठिरहेको भएपनि रूख काट्नु हुँदैन, वातावरण बिग्रन्छ भन्ने समाजको बुझाईएका तिर छ भने सरकारी नियम पनि प्रकृयागत कार्यले व्यावसायी तथा किसानहरुले केहि झन्झटिलो मानेको पाईन्छ भनि जिल्ला वन अधिकृत वस्तीले बताए ।

पाखाबारीमा आफै उम्रिएकावा रोपेर हुर्काइएका रूख १० वा १२ वर्षभित्रमा बेच्न योग्यहुने किसानहरू बताउँछन् । गोलिया व्यवसायीले किसानको बारीबाटै किनेर कानुनी प्रक्रिया पुरागरी गोलिया निकासी गर्ने गरेका ईलाका वनकार्यालय चुलिवन कागतेका सहायक वनअधिकृत रामबाबु यादवले जानकारी दिए ।

पहाडका किसानको आर्थिक अवस्था सुधार हुनुमा नरम काठ उत्पादन तथा बिक्रिको ठुलो महत्व रहेको छ । बिना स्याहार हुर्कने र उत्पादन हुने नरम काठ पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत बन्दै गएको जिल्ला वन कार्यालयका सहायक वनअधिकृत सिबकुमार बुढाथोकिले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...